मेन्छियाम हाइड्रोपावरको आईपीओ खुला



काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । यस कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो ।

यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ । यसैगरी सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता छुट्याइएको छ ।

बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्