९२ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अंकले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।

यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा २१८ कम्पनीमा वृद्धि भएको छ ।

उनले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्