माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने एक सांसदले बताए ।

प्रतिक्रिया दिनुहोस्