सभामुख निवासमा प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल सुरु



काठमाडौं । सभामुख निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेपनि बैठकमा सहभागी रहेका छन् ।

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल समेत सहभागी रहेको बैठकमा संसदीय कारबाही, टीआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्