सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ



काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् । 

“विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ”, सभामुख घिमिरेले भने, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।”

यस्तै बैठकमा प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८/७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । 

प्रतिक्रिया दिनुहोस्