एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल र महासचिवमा पेम्बा लामा चयन



काठमाडौं । नेकपा एमालेनिकट महिला भात्तृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल र महासचिवमा पेम्बा लामा चयन भएका छन् ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनबाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना, विमला राई पौडेल र उपमहासचिवमा शान्ति अधिकारी, कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएका छन् ।

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमिति चयन भएको छ । 

प्रतिक्रिया दिनुहोस्