राजस्व संकलन नहुँदा अर्थतन्त्रमा केही समस्या आयो : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७२औँ वार्षिक साधारणसभामा उनले पछिल्लो समय अर्थतन्त्रमा केही समस्या आएको बताए । तर, बजारमा निर्माण गरिएको भाष्यजस्तो पूरै नकारात्मक नरहेको उनको भनाइ छ ।

मन्त्री महतले राजस्व संकलन लक्ष्यानुसार नहुँदा अर्थतन्त्रमा केही समस्या आएको र सुधारका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।

“पछिल्लो समय लगानीयोग्य वातावरण नहुँदा र लक्ष्यानुसार राजस्व संकलन नहुँदा अर्थतन्त्रमा केही समस्या आएको छ,” अर्थमन्त्री डा.महतले भने, “मैले अर्थतन्त्र सुधारको लागि कुनै पनि कसर बाकी राख्ने छैन ।”

प्रतिक्रिया दिनुहोस्