८ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से ८.२८ अंकले घटेर १८६६.७८ मा बन्द भएको छ ।

यो साताको चौथो कारोबार दिन बुधबार मात्रै नेप्सेमा ८.३९ अंकको वृद्धि भएको थियो । अन्य दिन भने नेप्से घटेको थियो ।

बिहीबार २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८१ करोड ६० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्