
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेलले चिनियाँ विदेशमन्त्री किन गांगसँग भेटवार्ता गरेका छन् ।
बेइजिङमा भएको भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको थियो । भ्रमण आदान प्रदान, पिकास सहकार्य, व्यापार, लगानी र पर्यटनका विषयमा समेत छलफल भएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।





