चीन–पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी सुरु



उरुम्ची । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन–पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः सुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

खुन्जेराब भन्सारका अनुसार सन् २०१६ देखि २०२० सम्ममा खुञ्जेरब पासमा आयात र निर्यात कार्गोको मात्रा दिई लाख टन थियो । समुद्र सतहबाट करिब ५,००० मिटरको उचाइमा रहेको खुन्जेराब दर्रा चीन र पाकिस्तानबीचको प्रमुख व्यापारिक स्टेशन र दक्षिण एसिया र युरोपको महत्त्वपूर्ण प्रवेशद्वार पनि हो।

चीनले यस बन्दरगाहबाट मुख्यतया कपडा, कृषि उत्पादन र दैनिक उपभोग्य वस्तुहरू आयात गर्छ भने वनस्पति र जडीबुटीहरू निर्यात गर्छ।(रासस(सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्