सरकारको ध्यान नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने उनले बताए।

उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्