ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्