
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाएको छ ।
वि.स. २०१३ चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनायो । यस वर्ष राष्ट्रिय सहारी दिवस(सहकारीको दिगोपन स्वनियमन र शुसासन) भन्ने मूल नाराका साथ केन्द्रिय सहकारी संघहरु राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्ला स्तरिय सहकारी संघहरु एवम् सम्पूर्ण सहकारी संस्थाहरु आफ्नो–आफ्नो व्यानर तथा प्लेकार्डहरु बोकेर विहान ७ बजे देखि नै नयाँ बानेश्वर, मैतिदेवी, रातोपुल, रत्नपार्क, भर्दकाली, बसन्तपुर, त्रिपुरेश्वर, थापाथली हुँदैं माइतीघर सम्म विशेष र्यालि गर्दै कोण सभामा परिणत भएको थियो ।

६६ औं राष्ट्रिय सहकारी दिवस काठमाडौंको माइतीघर मण्डालामा केन्द्रित थियो भने देशै भरी ७७ वटै जिल्लामा यसै गरि ६६ औं राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको जानकारी वागमती प्रदेश सकारी संघ शिक्षा तथा तालिम समिति सदस्य मुरारी प्रशाद भण्डारीले जानकारी दिए ।





