
काठमाडौं । रेडियो नेपालले आज ७३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।

आज सिंहदरबार काठमाडौँमा वार्षिकोत्सव समारोहको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकि हुन् । बार्षिकोत्सवको उद्घाटन गर्दै उनले सञ्चार माध्यमहरूले जनतालाई सुसूचित बनाई जनतामाझ सरकारले प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू प्रसारण गर्नु पर्ने बताइन् ।

रेडियो नेपालले यस वर्षको स्रष्टा सम्मानबाट वरिष्ठ गीतकार,गायक तथा सङ्गीतकार माधव श्रेष्ठ, मोहित लाई र वरिष्ठ प्रसारक धनलामालाई सम्मान गरेको छ ।













