स्वर्णिम वाग्लेले तनहुँ–१ मा गरे मनोनयन दर्ता



तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा.रुपक घिमिरे छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।

मनोनयनदर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आइपुगेका छन् । उनी बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर तनहुँ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्