१७ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । अर्थमन्त्रीमा कांग्रेस नेता डा.प्रकाशशरण महत नियुक्त भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातरा दोस्रो दिन पनि सेयर बजारमा गिरावट भएको हो ।

साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्