तनहुँ–१ मा गोविन्द भट्टराईले गरे मनोनयन दर्ता



तनहुँ । तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्