
काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो । यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।





