आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै



दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम ९३० बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।

आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्