गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान सक्दैन : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने टिप्पणी गरेका छन् । गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्ने उनले बताए ।

पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले अचम्म अचम्मका मान्छे मन्त्री भएको बताए । ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, उनले भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’

मन्त्रीलाई मात्र होइन, प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीले बताए । उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई नै किन प्रधानमन्त्री भएको भन्ने हो भने देश बनाउन भन्न सक्दैनन् । आउँदै आउँदैन उनलाई ।’

प्रतिक्रिया दिनुहोस्