बूढानीलकण्ठ १२ को जरुरी सूचना



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ ले सहयोगको अनुरोध गर्दै सम्पूर्ण टोलवासीहरुमा सूचना जारी गरेको छ ।

जारी सूचनामा बूनपा १२ को कारखानाचोकदेखि दुलालचोकसम्म मध्ये भागबाट ८ मिटर हुनेगरी संरचना हटाएर सहयोग गरिदिन वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले वडावासीमाझ सहयागको अपिल गरेका छन् । साथै वडा संरचना नहटाई अटेर गरेमा स्थानीय सरकार संचालन ऐन अनुसार कारवाही गरिने समेत जानकारी गराईएको छ ।

साततले आनिगुम्बा बक्स कल्भर्ट निर्माणका लागि विभिन्न क्षेत्रमा सिमांकन अनुसार संरचना भत्काएर निर्माण व्यवसायीहरुलाई सहयोग गरिदिनका लागि अनुरोध गर्दै बूढानीलकण्ठ १२ ले सूचना प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्