नेपाल चार्टर विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न



काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं १० काठमाडौंस्थित नेपाल चार्टर आधारभुत विद्यालयले १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता, विशेष अतिथि बूनपा १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई एवम् विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा   नगरपालिका शिक्षा, खेलकुद तथा युवा महाशाखाका प्रमुख ललित विक्रम सिंह, बालउद्धार माविका बिब्यस अध्यक्ष ध्रुबप्रसाद घिमिरे, ग्राम शिक्षा माविका प्रधानाध्यापक रुद्र प्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका संस्थापक सल्लाहकार र सहयोगी संस्थाहरुको समेत उपस्थिति रहेको कार्यक्रममा नतिजा प्रकाशन र पुरस्कार बितरण समेत गरिएको थियो भने संस्थापक सदस्य ठाकुरप्रसाद खकुरेल, चाईल्ड नेपालका प्रतिनिधि रत्न उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन बलराम फयलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्