बूढानीलकण्ठ नगरपालिकाले शुरु गर्‍यो नगर युवा संसद अभ्यास कार्यक्रम



बूढानीलकण्ठ नगरपालिकामा नगर युवा परिषदले नगर युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ।

नगरप्रमुख एवम् नगर युवा परिषद अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा ४४ जना युवा प्रशिक्षार्थीहरु सहभागी कार्यक्रम चैत्र १८ गते सुरु भई चैत्र २१ गतेसम्म संचालन हुनेछ ।

नगरपालिकाको सभाहलमा उद्घाटन भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद् कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, वडा नं ४ अध्यक्ष श्रीराम के.सि., वडा नं ६ अध्यक्ष रवि खड्का, वडा नं ९ अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, वडा नं ११ अध्यक्ष राजु अधिकारी, वडा नं १२ अध्यक्ष शम्भु प्रसाद भट्टराई, नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराई, प्रशिक्षक रञ्जन पौडेल लगायत नगर युवा परिषदका अन्य सदस्य तथा प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्