प्रशान्ति एकेडेमीको विशेष समिति वैठक सम्पन्न



काठमाडौं । बूढानीलकण्ठ–१२ कपनस्थित प्रशान्ति एकेडेमीले २०७९ चैत १८ गते विविध समितिहरु सम्मिलित बैठक सम्पन्न गरेको छ ।

विद्यालयको हलमा भएको स्थानीय सल्लाहकार समिति, अभिभावक सुझाव समिति र संचालक समितिको बैठकले अभिभावकहरूको सुझाव संकलन गरेको थियो । वैठकले विद्यालयमा आगामी २५ गते गरिने अभिभावक सम्मेलन, प्रदर्शनी र महोत्सव लगायतका कार्यक्रमको रुपरेखा, झलक र विशेषताहरुको वारेमा छलफल गरेको छ ।

आगामी कार्यक्रम एवम् विद्यालयको योजनाबारे विद्यालयका अध्यक्ष मुरारीप्रसाद भण्डारीले आफ्नो मन्तव्य व्यक्त गरेका छन् भने अन्य विविध कार्यक्रमहरू र गतिविधिबारे प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिएका छन् ।

बैठककै निर्णय अनुसार २५ गते दोस्रो अभिभावक दिवस कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्