अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा



काठमाडौं । अखिल नेपाल महिला सघंको सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले निकट महिला संगठन अनेमसंघकी सचिव सूचिता शाक्यले राष्ट्रिय आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्दै नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम गरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराईन् ।

सङ्घको तीन वर्षे कार्यकालमा पाँच लाख सदस्यता विस्तार गरी सङ्गठन निर्माण र सुदृढीकरणका लागि अभियान नै सञ्चालन गरिने दाबी गरिन् । ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ सङ्गठन भन्ने’ नाराका साथ सम्पन्न हुने सम्मेलनका लागि २३ बुँदे कार्य योजना अघि सारिएको सचिव शाक्यले बताइन् ।

अनेमसंले शनिवार बागमती सफाइ कार्यक्रम गर्ने, आइतबार वृद्धाश्रममा फलफूल वितरण गर्ने र चैत २७ गते घोषणा पत्र सार्वजनिक गरी साताव्यापी रूपमा विभिन्न रचनात्मक कार्य गर्ने जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्