राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गरेका छन् ।

आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिने बताए ।

यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्