भीम रावलले आत्मालोचना नगरे पार्टीले थप कदम चाल्न सक्छ : विष्णु पौडेल



कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोप लगाए ।

‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन । ’

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए । अझै पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चाल्न सक्ने पौडेल प्रष्ट्याए ।

उनले अहिलेको गठबन्धन सरकार लामो समय रहन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्