राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड पुगे शितल निवास



काठमाडौँ । मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवास पुगेका छन् ।

नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्