१० अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ । सातामा कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तीन दिन देखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा सेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्