‘तेश्रो स्पर्श म्युजिक अवार्ड’ : विभिन्न ४८ विधामा मनोनयन सार्वजनिक



काठमाडौ । तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२३ आगामी बैशाख अन्तिममा आयोजना हुने भएको छ । यो अवार्डलाई पेजेन्ट नेपाल, ब्राईट इभेन्ट म्यानेजमेन्ट, स्पर्श फिल्मस् र माहिरु फेशन प्रा.लि.ले सँयुक्त रुपमा यो अवार्ड आयोजना गर्न लागेको हो ।

नेपाली गीत संगीत र म्युजिक भिडियोको प्रवर्धनको लागि सन २०२० बाट यो अवार्ड सुरु भएको हो । यसपटक तेश्रो संस्करणमा यो अवार्ड हुन लागेको आयोजक संस्था स्पर्श फिल्मस् प्रा.लि.का अध्यक्ष यसराज गराचले बताएका छन् ।

उनका अनुसा सन २०२२ जनवरी देखि सन २०२३ फेब्रुअरी अन्त्यसम्म बजारमा आएका नेपाली, तथा नेपालका विभिन्न भाषामाषिकाका गीत तथा ती गीतका म्युजिक भिडियोलाई यो अवार्डको लागि प्रतिस्पर्धीको रुपमा सहभागी गराईएको छ । यस पटक विभिन्न ४८ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

बिगत झैं यससपटक पनि आधुनिक, पप, लोक, लोक दोहोरी र विभिन्न भाषाभाषिकाका गीतहरु यो अवार्डमा समावेश गरिएको छ । यी गीतहरुलाई विभिन्न ४८ विधामा यतीबेला यो अवार्डको मनोनयन सार्वजनिक गरिएको अर्का आयोजक एवम् अभिनेता दीक्पाल कार्कीले जानकारी गराएका छन् ।

यो अवार्ड समारोहमा यी ४८ विधासँगै केही व्यक्तिलाई विशिष्ट योगदानसम्मान पनि प्रदान गरिने भएको छ । यो अवार्डको ग्रान्ड फाईनल भव्यताका साथ आयोजना गर्ने पनि आयोजक अभिनेता कार्कीले बताएका छन् । अवार्डको लागि निम्न गीतहरु मनोनयनमा परेका छन् । यसपटक प्रतियोगितामा चयन भएका गीतहरुलाई आईएमई पे एप्स्बाट अत्याधिक भोटिङ गर्न सकिने पनि आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्