सरकारले एक दुई दिनभित्र पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन् । रिपोर्टर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् ।

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् । सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्‍याउन संसद्मा विधेयक गइसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्