सत्ता गठबन्धनको बैठक आज पनि बस्दै



काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​

मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

यसअघिका बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन र लोसपाले २ मन्त्रालय मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले पनि आफ्नो पुरानै अडानमा छाडेका छैनन्। राष्ट्रिय जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्