
काठमाडौँ । सरकारले मिटरब्याजीलाई कारबाही गर्नेगरी कानून निर्माण गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटरब्याजलाई मुलुकी अपराध संहितामा समावेश गर्नेगरी कानून बनाउने निर्णय गरेको हो ।
यसबारे कानून संशोधनका लागि सरकारले चाँडै प्रक्रिया थाल्ने बताइएको छ ।