१२ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । सातामा करोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.१० अंकले वृद्धि भइ १९१८.१० विन्दुमा आएर अडिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दाबढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्रो स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्