एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्छु : भीम रावल



कैलाली । नेकपा एमालेका नेता भीम रावलले राजनीतिमा आफूले नयाँ पाइला चाल्ने संकेत गरेका छन् ।

कैलालीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका हुन् ।

राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै उनले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने बताएका हुन्।

उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला म नयाँ पाइला चाल्न पनि सक्छु ।’

प्रतिक्रिया दिनुहोस्