राष्ट्रपति रनिङ सिल्ड स¥यो



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति सरेको छ ।

प्राविधिक कारणले प्रतियोगिता बैशाख १५ देखि १७ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले जनाएका छन् । यसअघि प्रतियोगिता बैशाख ७ देखि ९ गतेसम्म हुने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्