आर्मी ‘बी’ लाई उपाधि



काठमाडौं । नेपाल आर्मीको ‘बी’ टिमले एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ ले पराजित ग¥यो । उपाधि विजेता टोलीबाट रविन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए । आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुश सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गरेका थिए ।

विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । नगद पुरस्कार अमेरिकामा बस्दै आएका चित्रकुमार बस्नेतले प्रायोजन गरेका हुन् । ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा विजेताका रविन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ब्रान्ड हाउसद्वारा प्रायोजित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप पाए । भनिमण्डल युवा क्लब ‘इमर्जिङ टिम’ चुनियो । भनिमण्डलले १० हजार नगद पुरस्कार पायो । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रायोजकहरुमा प्लाटिनम क्लब, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डिएभी, ८८४८ बेस क्याम्प, काठमाण्डोग र ब्रान्डहाउस रहेका छन् । भैसेपाटीस्थित निर्भाना फिजियो थेरापी एन्ड वेल्नेस सेन्टर तथा लोकहित आरथ्राइटिस एन्ड ¥युमाटोलोजी सेन्टरको ‘मेडिकल सपोर्ट’ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्