सरकार बिस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै



काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न ४ बजे सुरु हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सोमबार छलफल गरेर आज बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । यसैगरी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य भागबन्डामा पनि प्याकेजमै सहमति गर्ने गरी छलफल अघि बढेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्