बागमती प्रदेश सहकारी संघ लिमिटेडको शिक्षा तथा तालिम उपसमिति सदस्यमा मुरारी भण्डारी मनोनित



काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित टेक्सास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मुरारी प्रसाद भण्डारी बागमती प्रदेश सहकारी संघ लिमिटेडको शिक्षा तथा तालिम उपसमिति सदस्यमा मनोनित भएका छन् ।

सहकारी संघ संचालक समितिको बैठक अनुसार भण्डारीलाई १३ चैत २०७९ देखि लागू हुने गरी उपसमिति सदस्यमा मनोनित गरेको हो । साथै सहकारी मूल्य, मान्यता, सिद्धान्त, सहकारी ऐन नियम, संघको विनियम र आन्तरिक कार्यविधिहरु प्रति पूर्ण वफादार रहि मन वचन र कर्मले संघको आदर्श सिद्धान्तलाई शिरोधार्य गरि आफ्नो पदीय मर्यादा विपरित संघको गोपनियता भंग हुने कुनै कार्यमा संलग्न नरही, व्यक्तिगत स्वार्थमा नलागी, संघ र सदस्यको हितमा निष्ठापूर्वक सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने आशासहित संघले जिम्मेवारी सुम्पिएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा शिक्षासेवी एवम् समाजसेवीका रुपमा परिचित भण्डारी प्रशान्ति एकेडेमीका संस्थापक अध्यक्ष हुन् ।

यो पनि पढ्नुहोस्

टेक्सास बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा मुरारी प्रसाद भण्डारी निर्विरोध

प्रशान्ती एकेडेमी तथा अध्यक्ष मुरारी भण्डारीको संयुक्त पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मुरारी भण्डारी नेकपा एमालेमा प्रवेश

प्रतिक्रिया दिनुहोस्