१८ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । अन्तिम समयमा लयमा फर्किदा सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि हुँदा १९०६ अंकमा बन्द भएको छ । इन्ट्रा डे कारोबारमा १८६४.९१ अंकसम्म झरेको नेप्से सोमबारको कारोबारको अन्तिम घण्टामा वृद्धि हुँदा १९०० अंक माथि पुगेर बन्द भएको हो ।

लघुवित्त बाहेक उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । लघुवित्त कम्पनीको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुशपछि लघुवित्त कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा लघुवित्त उपसूचकमा ०.५१ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्