राजनीति जनतासँगको प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्