एलडीबीए बास्केटबल भोलिदेखि



काठमाडौं । ललितपुर जिल्ला बास्केटबल संघ (एलडीबीए) को आयोजनामा एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष शरद विष्टले जनाएका छन् । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

सहभागी टिमहरुमा आर्मी र टाइम्सको समान ३–३ टिम, गोल्डेनगेट, कीर्तिपुर, अक्सब्रिज र नखिपोट युथ क्लबको समान २–२ टिम, विशाल मिलन केन्द्र (बीएमके), पीवाईसी, केसीएम, फेमिली, अन्डरडग्स, विराटनगर, धरान, शंखरदेव, भनिमण्डल र माम्बा रहेका छन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।

प्रायोजकहरुमा प्लाटिनम, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डिएभी, ८८४८ बेस क्याम्प, काठमाण्डोग र ब्रान्डहाउस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्