उत्कृष्ट बालपुस्तकको रुपमा डा.केसीको ‘मामाघर पोखरा’पुरस्कृत



काठमाडौं । डा.विष्णु केसीको बाल यात्राकाव्य ‘मामाघर पोखरा’उत्कृष्ट बालपुस्तकको रुपमा पुरस्कृत भएको छ । नेपाल बालसाहित्य समाजले प्रदान गर्दै आएको उत्कृष्ट बालपुस्तक पुरस्कारअन्तर्गत ०७७ सालको उत्कृष्ट बालपुस्तक पुरस्कार मामाघर पोखरालाई दिने निर्णय भएको हो ।

मामाघर पोखरा उत्कृष्ट बालपुस्तकको रुपमा पुरस्कृत भएको कुरा डा.केसीले जानकारी दिएका हुन् । नेपाली भाषा साहित्य क्षेत्रमा बालसाहित्य, गीतलगायत बिभिन्न बिद्याको लेखनमा डा. केसीले कलम चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्