१५ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ । १५.७६ अंकले घटेको नेप्से १९३३.२९ अंकमा आएर बन्द भएको छ । घटेको बजारमा पनि बुधबार कुल एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर ३० हजार ४८५ पटक कारोबार भएको थियो । बुधबार कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । बुधबार कारोबारमा आएका १३ वटै उपमूह राताम्मे रह्यो ।

प्रतिक्रिया दिनुहोस्