६.९० अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार घट्ने क्रमले तेस्रो दिन पनि निरन्तरता पाएको छ । गत साताको ५ कारोबार दिन मध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ ।

आइतबार बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापार र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित जिवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्