प्रशान्ति एकेडेमीमा ‘विद्यार्थी दिवस’



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ कपनस्थित प्रशान्ति एकेडेमीले चैत्र ३ गते प्रशान्ति विद्यार्थी दिवस मनाएको छ ।        

कार्यक्रममा  कक्षा ९ का विद्यार्थीहरुले शिक्षकको भूमिका निभाएका थिए भने विद्यार्थीहरुको आत्मविश्वास र नेतृत्वको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल समिर बास्तोलाले परिवर्तन खबरलाई जानकारी गराए ।

एक दिनका लागि शिक्षक बनेका विद्यार्थीहरुले विद्यालयको पठपाठन तथा अतिरिक्त क्रियाकलापहरु आफैंले सञ्चालन गरेका थिए । कक्षा ९ का छात्र अभिषेक मेहेताले प्रिन्सिपलको भूमिका निर्वाह गरेका थिए । उक्त समयमा विद्यालयका शिक्षकहरुले भने उनीहरूको निरीक्षण गरेका थिए ।

पछिल्ला वर्षहरूमा पनि विद्यार्थी दिवस मनाइएको र त्यसले विद्यार्थीहरुको आत्मविश्वास बढाउनुका साथै उनीहरुमा नयाँ अनुभव प्रवाह भएकोले आगामी वर्षहरूमा पनि यस्ता उपलब्धिमूलक विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिईने विद्यालयका अध्यक्ष मुरारीप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्