
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्नका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ ।
कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न आइतबार बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाएको हो ।
कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।
प्रधानमन्त्रीले चैत्र ६ गते सोमबार विश्वासको मत लिँदैछन् ।