सभामुख सचिवालयको आग्रह- पत्रकारहरूमाथिको अभिव्यक्तिलाई अन्यथा नबुझ्नूस्



काठमाडौं । सभामुख देवराज घिमिरेको सचिवालयले पत्रकार र पत्रकारितामाथि राखेको धारणालाई अन्यथा नलिन आग्रह गरेको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसलाई अन्यथा नलिनका लागि अनुरोध छ ।’ त्यसअघि विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार क्षेत्रमा कतिपय विकृति पनि रहेको र त्यसलाई सुधार गर्नुपर्ने सन्दर्भमा व्यक्त धारणालाई अन्यथा नबुझिदिनका लागि अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्