ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्यले आफ्नै रेकर्ड ब्रेक गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्