५ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ । १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

बिहीबार ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्